महोत्तरीमा प्रहरीको गोली लागी राप्रपा नेपालकी जिल्ला सदस्यको मृत्यु

महोत्तरीको जलेश्वरमा प्रहरीले चलाएको गोलीबाट रामशीला देवी मण्डलको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यु उल्लङ्घन गरेपछि जलेश्वर नगरपालिकाको शंकर चोकमा प्रहरीले गोली चलाएको थियो। मण्डलको टाउकोमा गोली लागेको छ।
उनी जलेश्वर नगरपालिका-२मा डेरा गरी बस्ने उनी राप्रपा नेपालका महोत्तरी जिल्ला सदस्य हुन्।
यही घटनामा प्रहरीको गोली लागी जलेश्वर-२की शैलदेवी चौधरी घाइते भएकी छिन्। 
जिल्ला प्रशासन कार्यालयले कर्फ्यु लगाए पनि अहिले महोत्तरीका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ। 

Previous
Next Post »