
सोमबार लोड भएका २३ ट्यांकर पेट्रोलियम पद्धार्थ भारतबाट नेपाल भित्रिएका छन्। सम्पूर्ण कागजीय प्रक्रिया पुरा गरेर यी ट्यांकर रक्सौल नाकाबाट नेपाल भित्रिएको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले सेतोपाटीसँग बताए।
बरालका अनुसार हिजो सुरक्षा व्यवस्था कमजोर रहेको भन्दै भारतीय पम्पहरूले लोड भएका ट्यांकर नेपाल पठाउन रोकेका थिए। अहिले दुई पक्षिय सहमतिमा यी २३ वटा ट्यांकर नपाल आएका हुन्।