तेल अभाव हुन थालेपछि भोलिदेखि देशभरि जोर र बिजोर गाडी चलाउन सरकारले निर्देशन दिएको छ। गृह मन्त्रालयका अनुसार जोर गते जोर नम्बरका गाडी र बिजोर गते बिजोर नम्बरका गाडी चलाउन सरकारले निर्देशन दिएको हो। मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार सरकारले अापुर्ति सहज बनाउन प्रयास गरिरहेको र अावश्यक भन्दा बढी पेट्रोलियम पदार्थ सन्चय नगर्न पनि अनुरोध गरेको बताए।
'अत्यावश्यक सेवा, सुरक्षा निकाय र अनुगमनका सवारी साधन बाहेक सबैमा यो नियम लागु हुन्छ' ढकालले भने 'बजारमा पेट्रोलियम पदार्थको कृतिम अभाव गर्ने र कालोबजारी गर्नेलाई सरकारले कडा कारबाही गर्ने छ।'
अनुगमन गर्ने जिम्मा नेपाल प्रहरी र यातायात व्यवस्था विभागलाई दिइएको पनि ढकालले बताए।
केही दिनदेखि भारतले अघोषित नाकाबन्दी गरेकाले नेपालमा पेट्रोलियम पदार्थको सहज अापुर्ति हुन सकिरहेको छैन। शुक्रबारदेखि तेल बोकेका एउटा गाडी पनि नेपाल नअाएको नेपाल अायल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए।