फोटो :वीरगन्जको इनर्वास्थित शंकराचार्य प्रवेशद्वार अगाडी राखिएका खाली ट्याङ्कर । तस्बिर : क्रान्ति शाह
भारतीय भन्सारबाट जाँचपास दिन आनाकानी
वीरगन्ज : भारतीय सुरक्षाकर्मीले कुटपिट गरेपछि ट्याङ्कर चालकहरुले भारतबाट हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प पारेका छन् ।
मंगलबार साँझ रक्सौलस्थित भारतीय आयल निगम (आइओसी) को डिप्पो परिसरबाट इन्धन लिएर निस्किएको ना ५ ख ३४११ को ट्याङ्करका चालक पशुपति पाठकलाई भारतीय सुरक्षाकर्मीले कुटेर घाइते बनाएका थिए । भारतीय प्रहरीको कुटपिटबाट उनको हातमा गम्भीर चोट लागेको छ ।
तेल भरेर डिप्पो बाहिर निस्किएको ट्याङकरलाई भारतीय प्रहरीले फेरि पछाडि फर्काउन भन्दै धम्की दिएपछि नमान्दा चालक पाठक कुटिएको ना ५ ख ३२८१ नम्बरको ट्याङ्करका चालक वसीर हवारीले बताए ।
सहकर्मी कुटिएपछि असुरक्षाको कारण देखाउँदै चालकहरुले बुधबारदेखि वीरगन्ज भन्सार नाकामै खाली ट्याङ्करहरु थन्काएका छन् ।
भारतीय कस्टमले जाँचपास दिन पनि आनाकानी गरेको ट्याङ्कर चालकहरुले बताएका छन् । रक्सौलको भारतीय भन्सार कार्यालयले जाँचपास दिन नमानेकाले तेल भर्न रक्सौल हिँडेका ट्याङ्करहरु वीरगन्ज नाकामै रोकिएका हुन् ।
खाली टयाङकरहरु रक्सौल नगएका कारण भारतबाट नेपालमा हुने इन्धनको ढुवानी बुधबारदेखि ठप्प भएको छ ।
खाली ट्याङ्करहरु रक्सौल नगएका कारण बुधबार उताबाट एउटा पनि इन्धन लोड भएका गाडी नेपाल आउने सम्भावना नरहेको वीरगन्ज भन्सार कार्यालयका एक अधिकृतले बताएका छन । ‘यताबाट खाली ट्याङ्कर एउटा पनि गएको छैन’, उनले भने, ‘उताबाट तेल कसरी तेल आउँछ त ?’ उनले भने ।
नेपाल आयल निगमले तेल भर्न पठाए पनि असुरक्षा र भारतीय कस्टमले जाँचपास दिने ग्यारेन्टी नभएकाले आफुहरुले वीरगन्ज नाकामै ट्याङ्करहरु थन्काएको चालक हवारीले बताए ।
‘आइओसीले तेल लोड गर्न आउ त भनेको छ, तर कस्टम पासको ग्यारेन्टी हामी दिन सक्दैनौ भन्छ’ , उनले भने, ‘अनि कसरी जानु त ? लोड गरेर उता अलपत्र परी कुटिनु भन्दा यतै खाली बसेको ठीक ।’
नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष रवी गुरुङले भारतीय प्रहरीले चालक पाठकलाई कुटेपछि बुधबार खाली ट्याङ्करहरु तेल भर्न रक्सौल नगएको बताए ।
उनका अनुसार असुरक्षाका चालकहरु रक्सौल जान नमानेका कारण वीरगन्जदेखि पथलैयासम्मको क्षेत्रमा करिब दुई सय ५० खाली ट्याङ्करहरु रोकिएका छन् ।
वीरगन्ज भन्सार कार्यालयका प्रमुख मित्रलाल रेग्मीले पनि बुधबार एउटा पनि खाली ट्याङ्कर रक्सौल नगएको बताए ।
भारतीय प्रहरीले चालक कुटेको विरोधमा खाली ट्याङ्करहरु इन्धन भर्न रक्सौल नगएको खबर आफुले पाएको उनले बताए ।
चालक कुटिएको जानकारी आफुलाइ नभएको बताए पनि भन्सार प्रमुख रेग्मी भारतीय भन्सार कार्यालयका अधिकारीलाई भेट्न बुधबार दिउँसो रक्सौल गएका थिए ।
रक्सौलबाट फर्किए पछि अन्नपूर्ण पोस्ट्सँग कुरा गर्दै उनले भने, ‘भारतीय कस्टमबाट कुनै समस्या छैन, आवश्यक कागजात पेश गरेपछि कुनै समस्या सिर्जना नहुने भारतीय कस्टमले बताएको छ ।’
तर ट्याङ्कर चाकलहरुले भने भारतीय भन्सारका अधिकारीहरुले केहि दिनदेखि कागजात मागेर अनावश्यक दुःख दिने गरेको बताएका छन् ।
संविधान निर्माण प्रति असन्तुष्टी जनाउँदै भारतको विदेश मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेपछि भारतबाट नेपालमा हुने इन्धनको ढुवानीमा भारतीय भन्सार कार्यालयले अनेक बहानामा अवोध पुर्याउँदै आएको छ । रक्सौलस्थित आइओसीको डिप्पोमा तेल भरेका ट्याङ्करहरु सोमबार साँझदेखि नै रोकिएका थिए ।
नेपाल आयल निगम र वीरगन्ज भन्सार कार्यालयका अधिकारीहरुले मंगलबार दिउँसो भारतीय भन्सार कार्यालयका अधिकारीसँग भेटेर कुरा गरेपछि रक्सौलामा रोकिएका ३२ वटा टयाङकर मंगलवार साँझमात्रै वीरगन्ज भित्रिएका थिए ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत सुशील शर्माले रक्सौलमा रोकिएका ३२ वटा ट्याङ्कर मंगलवार साँझ वीरगन्ज भित्रिएको बताए ।