भेनेजुएलाका विपक्षी नेतालाई १४ वर्षको जेल सजाय


भेनेजुएलाका विपक्षी नेता लोपोल्डो लोपेजलाई करिब १४ वर्षको जेल सजाय सुनाइएको छ ।  उनलाई शुक्रबार १३ बर्ष ९ महिनाको जेल सजाय सुनाइएको उनका वकिल राबेर्टो मर्रेरोले जानकारी दिए। 
 
संयुक्त राज्य अमेरिकामा अध्ययन गरेका अर्थशास्त्री लोपेजलाई सन् २०१४ को फेब्रुअरीबाट नै यहाँको सैनिक जेलमा राखिएको जनाइएको थियो।
 
उनी भेनेजुएलाका एकजना प्रसिद्ध अर्थशास्त्री पनि हुनुहुन्छ। उनलाई सुनाइएको सो जेल सजायको देशव्यापी रुपमा नै व्यापक मात्रामा विरोध भइरहेको पनि बताइएको छ।
 
लोपेजका वकिल मर्रेरोले ट्वीटर एकाउन्टमा लोपेजलाई रमो भेर्डे सैनिक जेलमा राखिएको जनाएका छन् । 
 
सो सजाय सुनाइएपछि ४४ वर्षीय लोपेजका समर्थक र सरकार समर्थकबीच अदालत भवनबाहिर झडप भएको जनाइएको छ । लोपेजका समर्थकहरुका अनुसार सो झडपको कारण लोपेजका एक समर्थकको मृत्यु भएको छ । तर यस मृत्युको स्वतन्त्र पुष्टि भने भएको छैन । रासस/एएफपी 
 
Previous
Next Post »