
काठमाडौं : एमालेका अध्यक्ष केपी ओलीले नेपाललाई भारतले कुनै पनि हालतमा नाकाबन्दी लगाउन नसक्ने बताएका छन्।
एमालेले मंगलबार राजधानीमा आयोजना गरेको चियापानमा ओलीले भने, भारतले नेपाललाई नाकाबन्दी गर्छ भन्ने मलाई पटक्कै विश्वास छैन। नाकाबन्दी गर्न सक्दैन।'
यो संविधान नेपाल र नेपालीको पक्षमा रहेको बताउँदै उनले भने, यसमा भारत असन्तुष्ट हुनुपर्ने कारण छैन। यो संविधान हामीले हाम्रा लागि बनाएको हो।