गुमनाम अञ्चल आयुर्वेदिक औंषधालय


रमेश देबकोटा
 हेटौंडाः राईगाउबाट आयुर्वेदिक उपचार गर्न हेटौंडा आउनु भएकी सानुमाया राईलाई हेटौंडामा निशुल्क उपचार हुने आयुर्वेदिक अस्पताल छ भन्ने कुरा जानकारी छैन् । प्याथोलोजी चिकित्साबाट रोग निको हुने छाटकाट नभएपछि विकल्पमा आयुर्वेदिक चिकित्सालाई रोज्नुभएको सानुमाया राईले सात महिनादेखि आयुर्वेदिक औंषधिको सेवन गर्दै हुनुहुन्छ । प्याथोलोजि चिकित्सामा धेरै खर्चेर पनि जातीहुन नसकेपछि छिमेकिको सहायतामा निजि आयुर्वेध औंषधि पसल आउनु भएको उहा“लाई आफ्नो रोग कमि भएको महसुस हुनथालेको छ ।
उहा“ले दश हजार बराबरको आयुर्वेिधक औंषधि किनीसक्नु भएको छ । निशुल्क औंषधि पाईने आयुर्वेदिक अस्पतालको बारेमा उहाले न कुनै रेडियोबाट सुन्नु भएको छ नकुनै समाचार पत्रमा पढ्न पाउनु भएको छ । त्यसैले सानुमायालाई हेटौंडामा निशुल्क आयुर्वेदिक औंषधि पाईन्छ भन्दा अचम्म र अविश्वास लाग्छ । प्याथोलोजीक चिकित्साले शारिरिक नकारात्मक असर पार्ने डरले रोगिहरु आयुर्वेदिक औंषधि तर्फ आकर्षीत छन् । यहि मैकामा निजी आयुर्वेदिक औंषधालयले झुटो विज्ञापनको आडमा दैनिक हजारै रुपौंया कमईरहेका छन् । भने निशुल्क उपचार हुने सरकारी अस्पतालमा रोगिको सङ्ख्या नगन्य रहेको छ । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यलय जस्तै, आयुर्वेद चिकित्साका लागि प्रतेक जिल्लाहरुमा औंषधालयका स्थापना गरेको भए पनि सेवाग्राहिको सङ्या न्युन छ । हेटौंडामा खोलिएका निजी  आयुर्वेदिक पसलहरुमा रोगीहरुको चाप दैनिक बड्दै गएको छ, भने अञ्चल आयुर्वेदिक औंषधालयमा दैनिक ३० देखि ३५ जना रोगिहरुले मात्र सेवा लिग्दै आएका छन् । अञ्चल आयुर्वेदिक औंषधालयका प्रमुख चिकित्सक ब्रजेन्द्रलाल कर्णले गत आर्थिक बर्षमा भन्दा सेवाग्राहिको संङ्ख्या केहि बृद्धि भएको बताए  पनि निजी आयुर्वेदिक पसलहरुको तुलनामा न्युन छ । कान्तिराज पथका एक आयुर्वेदिक औंषधि पसलका अनुसार दैनिक एक सयको हाराहारीमा  रोगीहरु आउने गरेकाछन् । सम्पुर्ण रोगको निशुल्क उपचार हुने भए पनि हेटौंडा अञ्चल आयुर्वेदिक औंषधालय अहिले गुमनाम भएको छ ।
प्रमुख डाक्टर कर्णका अनुसार औंषधालयले जन्डिस, ज्याष्ट्रिक, वाथ, दम जस्ता दिर्ध रोगिहरुको समेत निशुल्क उपचार गर्दै आएको छ । औंषधालयमा सल्यक्रिया बाहेकका सबै रोगको चेकजाच हुन्छ डाक्टर कर्णले भन्नु भयो । आबश्यक सबै औंषधिहरु प्नि निशुल्क दिने गर्दछौं । आयुर्वेदिक जडिबुटिका बोटहरुले औंषधालयको बगैंचा ढाकेको छ । औंषधालयको बगैचामा घृतकुमारी, जण्डिसको औषधि, प्रेसर बढि भएको बेलामा खान सकिने औंषधिका पोथ्राहरु छन् । डाक्टर कर्णका अनुसार सरकारले आयुर्वेदलाई हेला गरेको छ । सरकाले आयुर्वेदलाई हेला गरेको छ, कर्णले भन्नु भयो कर्मचारी मात्रै राखेर हामीले के गर्ने बजेट छैन् । औषधालयको आन्तरीक आम्दानी केहि पनि नहुदा सानो कार्यक्रमको लागि पनि केन्द्रिय सरकारको मुख ताक्नु पर्ने अबस्था रहेको छ । केन्द्रको कार्यक्रम अन्तरगतका कार्यक्रमहरु गर्दै आएको अञ्चल औंषधालयले मकवानपुरका ग्रमीण क्षेत्रहरुमा शाखाहरु विस्तार गर्ने काम सुरु गरेको छ । रोगिको न्युन उपस्थितीका कारण धेरै जसो समय फुर्सदमा हुन्छन शाखाका कर्मचारीहरु । सकारले औंषलायको बारेका सुचना प्रवाह नगर्दा ग्रामीड तथा शहरकै धेरैले निजि आयुर्वेदिक औंषधिपसलमा रुपैंया खर्चीनु पर्ने बाध्यता रहेको छ ।

सरकारले औंषधालयको बारेमा सुचना सम्प्रेसण गर्नु पर्ने  डाक्टर कर्णको बुझाई रहेको छ । आयुर्वेद औंषधालयले मकवानपुरको विभिन्न ग्रामिण क्षेृत्रहरुमा शाखा विष्तार गरी सेवा दिदै आएको भए पनि त्यति प्रभाबकारी भएको छैन् । सकारको कार्यक्रम अनुसार औंषधालयले बाल कार्यक्र, जेष्ठ नागरीक स्वास्थ्य प्रवर्धन कार्यक्र र स्थनपाई आमालाई दुध बर्दक कार्यक्रम तथा विभिन्न स्वास्थ्य शिविरको आयोजन ागर्ने गरेको छ । कार्यलयले आर्थिक बर्ष २०७१÷७२मा छ हजार आठ सय ९२ जनालाई सेवा प्रदान गराएको  जनाएको छ । औंषधालयको तथ्याङ्क अनुसार ६० बर्ष नाघेका  २ सय ५३ जना वृद्धहरुलाई जेष्ठ नागरीक  स्वास्थ्य प्रर्बधन कार्यक्रमबाट सेवा दिएको छ । भने १ सय ९५ जना स्थनपाई आमाहरुलाई दुध बर्दक औंषधि र शक्ति बर्धक औंषधि वितरण गरेको छ । त्यस्तै, कार्यलयबाट ०–५ बर्षका १ सय १ जना बालक र ८३ जना बालिका, ६–१४ बर्षका १ सय ९० जना बालक र १ सय १८ जना बालिकालाई सेवा प्रदान गरको छ । औंषधालयले नसर्ने रोग व्याबास्थापनबाट निवुवाटार, छतिवन, मनहरी, पदमपोखरी र गढि गरी पाँच गाविसका ६ सय ३८ जनालाई स्वास्थ्य सेवा दिएको जनाएको छ । डाक्टर कर्णका अनुसार कार्यलयबाट स्त्री रोग, बाल रोग, बाथ, दम लगाएतको सेवाहरु प्रदान गरीदै आएको जनाएका छन् । उहाका अनुसार औंषधालयका बारेमा जनस्तर सम्म सुचना पु¥याउनु जरुरी छ ।

Previous
Next Post »