प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने


प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेकाे उनका परराष्टमामिला सल्लाहकार दिनेश भट्टराईले सेतोपाटीलाई जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा भागलिन प्रधानमन्त्रीसहित १७ सदस्यीय जम्वो टोली आज साँझ ५ बजे न्युर्योक जाने कार्यक्रम थियो । 
मुलुक संकटमा रहेका बेला प्रधानमन्त्रीलाई विदेश भ्रमणमा नजान धेरैले सुझाव दिएका थिए । बालुवाटारमा हिजो बसेको प्रमुख दलहरुको बैठकमा पनि नेताले प्रधानमन्त्री कोइरालाई अमेरिका नजान सुझाएका थिए ।
 
भ्रमणमा क्रममा उनले साइडलाइनमा विभिन्न देशका राष्टप्रमुखहरुसँग छलफल गर्ने तय भएको थियो । उनले अमेरिकामा नै स्वास्थ्थ परीक्षण गर्ने पनि तय भइसकेको थियो ।
यसैबीच नेपालका लागि भारतीय राजदूत रणजित रायले अाज प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । दिल्लीमा रहेका राजदूत राय विमानस्थलबाट सिधै बिहान ११ बजे प्रधानमन्त्री कोइरालालाई भेटन् बालुवाटार पुग्ने स्रोतले बतायो ।
Previous
Next Post »