मलंगवा
। सर्लाही क्षेत्र नम्बर ४ को मतगणना ३३ घण्टापछि सुरु भएको छ। निर्वाचन
अधिकृतको कार्यालयका अनुसार विवादित मतपेटिकालाई जस्ताको त्यस्तै राखी
मतगन्ने कार्य बिहान ९ बजेदेखि सुरु गरिएको छ।
गणनाका क्रममा क्षेत्र नम्बर ४ मा पर्ने बलरा नगरपालिका ४ मा रहेको आधारभुत विद्यालय मतदान केन्द्रको मतपेटिकामा ७ मध्ये ५ वटा मात्रै शिल गरिएको भेटिएपछि दलहरुबीच विवाद भएको थियो। विवाद नमिलेपछि आइतबार राती १२ बजे मतगणना स्थगित गरिएको थियो। विवादित मतपेटिकाको विषयमा अहिले छलफल भइरहेको छ।
स्थतगित हुनुभन्दा अगाडिसम्म राजपाका राकेश मिश्रले १६ हजार ३ सय १८ र कांगे्रसका अमरेशकुमार सिंहले १५ हजार ९ सय ३६ मत प्राप्त गरेका छन्। अहिले ३ स्थानमा मतगन्ने कार्य भइरहेको छ। मंगलबार बेलुकासम्म मतगणना जसरी पनि सकाउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।