भारतले नेपालमाथि गिद्धे दृष्टि लगाउँदैछ: भट्टराई

नेकपा एमालेका सचिव योगेश भट्टराईले भारतले नेपालमाथि गिद्धे दृष्टि लगाएको दाबी गरेका छन्।
 
संविधान जारी भएकोे खुसीयालीमा एमालेले आज काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सचिव भट्टराईले संविधानमा असन्तुष्टि जनाउँदै भारतले नेपालमाथि गिद्धे नजर लगाएको दाबी गरेका हुन्।
 
कठिन परिस्थितिको सामना गर्न सबै नेपाली एकजुट हुने बेला आएको सचिव भट्टराईले बताए। कार्यक्रममा ६०१ वटा बेलुन समेत उडाइएको थियो। 
 
अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधवकुमार नेपालले एकैसाथ ६ सय १ बेलुन उडाएका हुन्।  दशरथ रंगशालामा करिब २० लाख खर्च गरेर एमालेले चियापान कार्यक्रम आयोजना गरेको सचिव भट्टराईले बताए।
Previous
Next Post »