३२ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति
असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस
केन्द्रीत दलहरुले आह्वान गरेको बन्दका कारण आज
दोस्रो दिन पनि देशभरको जनजीवन प्रभावित भएको
छ ।
काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन
चलेका छैनन् । साझा यातायात भने चलेको छ । यस्तै
निजी सवारी भने हिजोको भन्दा बढी चलेका छन् ।
मुख्य चोकहरुबाहेक अन्यत्र पसलहरु पनि खुलेका छन्
।
सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका
पार्टीले हिजो र आज दुई दिने बन्द आह्वान गरेका
छन् ।
दर्जन बढी बन्दकर्ता असनबाट समातिए
बन्द गराउँदै हिडेका एक दर्जन बढी बन्दकर्ता
पक्राउ गरेका छन् ।
सडकमा प्रदर्शनमा निस्किएका बेला संघीय
समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ,
नेकपा-माओवादीका केन्द्रीय सदस्य सुरेश श्रेष्ठ
लगायत १५ जना काठमाडौंको असनबाट पक्राउ परेका
हुन् ।
उनीहरु आइताबार पनि सोही क्षेत्रबाट पक्राउ परेका
थिए । पक्राउ परेका बन्दकर्ताहरुलाई प्रहरीले
आइतबार साँझ छाडिदिएको थियो ।
भारतीय गाडीमा अागजनी
बन्दकर्ताले कालीमाटीमा एक भारतीय नम्बर प्लेटको
गाडी जलाएका छन् । उनीहरुले बीआर ०६ पी ३९८०
नम्बरको भ्यानलाई जलाएको बन्दकर्ताले जनाएका
छन् ।
त्यस्तै बल्खुमा रिङरोडमा गुड्ने यात्रुबाहक बसमा
तोडफोड गरेका छन् ।
त्यस्तै बत्तीसपुत्तलीमा बन्दकर्ताले ट्याम्पोमाथि
आगजनी गरेका छन् । पूरानो बानेश्वरबाट ट्याम्पोमा
यात्री बनेर चढेका एक व्यक्तिले बाजेको सेकुवा
कर्नर नजिकै पुगेर आगजनी गरेका थिए । आगजनी
गरेर फरार रहेकाको खोजी कार्य भइरहेको प्रहरीले
जनाएको छ ।
झोलामा ढुंगा बोकेर हिँडेका बन्दकर्ता पक्राउ
बन्द गराउँदै हिँडेका एक बन्दकर्ता नयाँ बानेश्वर
चोकबाट पक्राउ परेका छन् । झोलामा ढुंगा,
इटालगायतका सामग्री बोकेर हिँडेका उनलाई
संविधानसभा भवन अगाडिबाट प्रक्राउ गरिएको
प्रहरीले जनाएको छ ।
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Post a Comment
Subscribe to:
Post Comments (Atom)