बार्सिलोना (एजेन्सी)– फिलिप
कौटिन्होले नयाँ क्लब बार्सिलोनामा १४ नम्बरको जर्सी लगाउने निश्चित भएको छ
। हालै लिभरपुलबाट १ सय ४५ मिलियन पाउन्डमा बार्सिलोना पुगेका कौटिन्होले
पूर्व स्टार जोर्डी क्रुफ र थेएरी हेनरीले लगाउने जर्सी नम्बर प्रयोग गर्ने
भएका छन् ।
पछिल्लो समयमा भने १४ नम्बरको जर्सी
जाभियर मासेरानोले लगाउँदै आएका थिए । मसेरानोले क्लब छाडेपछि २५ वर्षे
काउन्टिहोले त्यो जर्सी नम्बर लगाउने भएका हुन् । यो साता फिटनेसका लागि
कौटिन्हो प्रयासरत छन् ।
उनले बिहीबार इस्पानियोलविरुद्ध कोपा डेल
रे क्वार्टरफाइनलको दोस्रो लेगमार्फत उनले नयाँ क्लबमा डेब्यू गर्ने
सम्भावना छ । पहिलो लेगमा इस्पानियोलले बार्सिलोनालाई १–० ले हराएको थियो ।
ह्यामस्ट्रिङ समस्याका कारण उसमाने डेम्बेले इस्पानियोलविरुद्ध खेल्ने
छैनन् भने आन्द्रेय इनियस्टा, पाको अल्सासेर र थोमस भर्मालिन पनि खेल्नेमा
शंका छन् ।