हेटौँडा,२१ पुस,
जिल्ला प्रहरी कार्यालयले मकवानपुको हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले मकवानपुको हेटौँडा उपमहानगरपालिकाको विभिन्न स्थानबाट लागु औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।
प्रहरीको लागु औषध नियन्त्रण अभियान अन्र्तगत भएको जाँचको क्रममा ईलाका
प्रहरी कार्यालय पशुपतिनगर, मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा १५
स्थित सडक खण्डमाबाट २८ प ३४४८ र ना १५ प १२४५ नंबरको मोटरसाईकलमा सबार
हेटौँडा १५ बस्ने वर्ष २२ को गणेश थिंङले बोकेको झोलामा अबैध लागू औषध
गाँजा ६ किलो ५०० ग्राम र ना १५ प १२४५ नंबरको मोटरसाइकल हेटौँडा १५ बस्ने
वर्ष २१ को साजन थिंङ र र सोहि स्थानका २१ को मनोज लोप्चनले मोटरसाईकलको
बिचमा झोला भित्र लुकाई छिपाई ल्याएको अबैध लागू औषध गाँजा १२ किलो ४००
ग्राम गरी तिनै जनाले मिलि ल्याएको अबैध लागू औषध गाँजा १९ किलो ३०० ग्राम
सहित पक्राउ गरेको छ ।
प्रहरीले हेटौँडा १५ स्थित रातोमाटे चेकपोष्टमा रातोमाटे टोलबाट बाट हेटौडा
बजार तर्फ आउदै गरेको ना ३९ प ४२११ नम्वरको मोटरसाईकललाई रोकी जाँच गर्दा
मोटरसाईकलमा सवार हेटौँडा १५ बस्ने वर्ष २० को विवेक पाख्रिन र निकेश
लामालाई नियन्त्रणमा लिई शरिर खान तलासी गर्दा लगाएको जिन्सको पाईन्ट भित्र
लुकाई छिपाई ल्याएको नियन्त्रित लागू औषध नाईट्रोभेट १ पत्तामा १०
ट्याब्लेट सहित पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले
बताए ।
उनीहरुलाई लागू औषध ऐन २०३३ बमोजिम दिन ५ को म्याद थप गरी आवश्यक अनुसन्धान जारी रहेको उनको भनाई रहेको छ ।