ब्राजिल तथा
बार्सिलोनाका पूर्व सुपरस्टार मिडफिल्डर रोनाल्डिन्होले व्यवसायिक फुटबलबाट
सन्तयास लिएको उनको एजेन्ट रोबर्टो असीसले जनाएका छन् । व्यवसायी रोबर्टो
रोनाल्डिन्होका दाई हुन् ।

सन् २०१५ मा ब्राजिलको क्लब फ्लुमुनेन्स
छाडे यता रोनाल्डिन्हो फ्रि एजेन्ट थिए । तर अब ३७ वर्षको उमेरमा उनले
सन्यास लिने निर्णय गरेको रोबर्टोले बताएका हुन् । उनको अनुसार रुस विश्व
कपपछि ब्राजिल , युरोप र एसियामा केही कार्यक्रम गर्दै उनको सन्यासलाई
औपचारिकता दिने उनीहरुको योजना छ ।