लिभरपुल (एजेन्सी) – इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सिजनको सिजनको पहिलो हार बेहोरेको छ । लिभरपुलको घरेलु मैदानमा सिटी ४-३ ले पराजित भएको हो ।
घरेलु मैदान एनफिल्डमा एलेक्स ओक्स्लेट च्याम्बरलेनको शानदार गोलको मद्धतले खेलको ९ औं मिनेटमा अग्रता लिएको लिभरपुलले ४० औं मिनेटमा रक्षात्मक त्रुटीका कारण गोल खाएको थियो । लियोरी सानेलाई गोमेजले मार्क गर्न नसक्दा सानेले नियर पोस्टमा गरेको बलियो प्रहारमा लिभरपुलका किपर क्यारियास सहजै चुकेका थिए ।
दोस्रो हाफको सुरुआतमा खेल नियन्त्रणमा राखेपनि सिटी रोबर्टो फर्मिनोको गोलसँगै पुनः पछि पर्यो । च्यामबरलेनको थ्रु बलमा जोन स्टोन्सलाई शारीरिक प्रतिस्पर्धामा पछि पारेका फर्मिनोले सिटीका किपर एडेरसनमाथिबाट चिप गर्दै लिभरपुललाई ५९ औं मिनेटमा दोस्रो गोल दिलाए । गोलको खुशी मनाउने क्रममा जर्शी उतारेका उनले पहेलो कार्डको सामना गर्नुपर्यो । त्यसको १ मिनेट नबित्दै साडियो मानेको प्रहार बारमा लागेर बाहिरिएपनि ६१ औं मिनेटमा पुनः उत्कृष्ट गोल गर्दै मानेले लिभरपुललाई तेस्रो गोल दिलाए ।