काठमाडौं – नेपाल
एपीएफ क्लब राजधानीमा जारी १६ औं महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिताको
समूह विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा
शुक्रबार भएको प्रतिस्पर्धात्मक खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी
क्लबलाई १–० ले पराजित गर्दै एपीएफ समूह ‘बी’ को विजेता बनेको हो ।
एपीएफलाई जिताउन सावित्रा भण्डारीले गरेको
एक मात्र गोल नै निर्णायक बन्यो । एपीएफ र आर्मी दुवै टोली एक खेल अगावै
प्रतियोगिताको सुपर लिगमा प्रवेश गरिसकेको थियो । एपीएफ समूहमा अपराजित रहन
सफल रह्यो ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ
गोलरहित बराबरीमामा सकिएको थियो । तर, दोस्रो हाप शुरु भएको पाचौं मिनेटमा
सावित्राले गोल गर्दै एपीएफलाई अग्रता दिलाईन् । त्यसपछि थप गोल निस्कन
नसक्दा सावित्राको गोल नै एपीएफको जितमा पर्याप्त बन्यो । आर्मीविरुद्ध एक
गोल गरेसँगै सावित्राले लिगमा आफ्नो गोलसङ्ख्या २१ पु¥याएको छ ।
मध्यपश्चिममाथि एक्लैले १२ गोल गरेका सावित्राले पश्चिमाञ्चलमाथि ८ गोल
गरेको थियो ।
लिग चरणको अर्को खेलमा पश्चिमाञ्चलले
मध्यपश्चिमाथि २–० को सजत निकाल्यो । पश्चिमाञ्चलले समा कार्कीबाट एक गोल
उपहार पाएका थियो भने सुनिता विकेले एक गोल थपेको थियो ।
सुपर लिगका खेलहरु आइतबारबट शुरु हुने एन्फाले जनाएको छ । सुपर लिगको
पहिलो खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ ।
आइतबारै हुने अर्काे खेलमा एपीएफले सुदूरपश्चिमाञ्चलसँग खेल्नेछ ।तस्बिर : एन्फा