चीनमा बन्यो अच्चमको सडक जहा सडकबाटै सोलार बिजुली उत्पादन

चीनमा बन्यो अच्चमको सडक जहा सडकबाटै सोलार बिजुली उत्पादन
चीनले विश्वकै पहिलो सोलार राजमार्ग बनाएको छ । एक किलोमीटर लामो यो राजमार्गले बिजुली उत्पादन गर्नेछ । चिसो मौसममा पनि यो राजमार्गले यहाँ जम्ने हिउँलाई पनि पगालिदिनेछ ।यसका अलावा आउने दिनमा यो राजमार्गले विद्युतीय सवारीसाधनको पनि चार्ज गर्नेछ । पुर्वी चीनको शेनडोन्ग प्रान्तको राजधानी जिनानमा बनेको यो राजमार्गको परीक्षणका लागि यातायातका साधन खुल्ला गरिएको छ ।



के छ यसको विशेषता ?
चीनको सीसीटीभी न्युजका अनुसार सोलर राजमार्ग तीन लेयरमा बनाइएको छ। यसमा ट्र्यासलूसन्ट कं‌क्रिट, सिलिकन प्यानल्स र इन्‍सुलेशनको लेयर रहेका छन् ।
यो राजमार्गबाट एकै वर्षमा १० मिलियन अर्थात १ करोड किलोवाट बिजुली उत्पादन हुनेछ । चिसोको मौसममा यसले जमेको हिउँ पगाल्न स्नो मेल्टिन्ग सिस्टम र सोलर स्ट्रिट लाइटलाई पनि बिजुली आपूर्ति गर्नेछ ।
चीनले भविष्यमा यसै राजमार्गमार्फत विद्युतीय सवारीसाधन चार्ज गरिनेछ । यसका लागि राजमार्गबाट निस्कने बिजुलीलाई चार्जिङ स्टेशनमा आपूर्ति गरिनेछ ।
कति खर्च लाग्यो ?
एक किलोमिटरको सोलर राजमार्गमा ६३,२०० स्क्वायर फिटको क्षेत्र ढाकिएको छ। चीनको टोङ्गजी विश्वविद्यालयका ट्रान्सपोर्ट इन्जिनियरिङ्गका वैज्ञानिक झ्याङ्ग होङ्गचाओले भने, ‘यो राजमार्गले सामान्य राजमार्ग भन्दा १० गुणा धेरै भार थाम्न सक्छ । तर यसको लागत प्रतिस्क्वायर मिटर ४५८ डलर अर्थात करिब ४० हजार नेपाली रुपैयाँ रहेको छ । जुन सामान्य राजमार्ग भन्दा धेरै महँगो हो ।
अरु देश पनि काम गर्दै
सोलर राजमार्ग निर्माणमा अहिले फ्रान्स, नेदरल्यान्ड जस्ता देश क्रियाशील छन् । अहिले फ्रान्सको एक गाउँमा सोलर प्यानल सडक बनाइएको छ । फ्रान्सले आफ्नो यो सडक विश्वकै पहिलो भएको दाबी गरेको छ। यसलाई फ्रान्सले सन् २०१६ मा बनाएको हो । २०१४ मा नेदरल्यान्डले पनि एक ‘मोटरसाइकल वे’ बनाएको थियो, जहाँ सोलार प्यानल हालिएको थियो ।
Previous
Next Post »