बार्सिलोना (एजेन्सी) – गए राति
स्पेनिस कपको सेमिफाइनलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले हराएको छ ।
बार्सिलोनाको जितमा लियोनल मेस्सी र लुइस स्वारेजले गोल गरे भने नव खेलाडि
फिलिप कौटिन्होले बार्सिलोनाको जर्सीमा आफ्नो पहिलो खेल पनि खेले ।
बार्सिलोनाले खेलको सुरुवाततिरै दुई गोल
गर्न सफल भएको थियो । खेलको नवौं मिनेटमा स्वारेजले टोलीलाई अग्रता दिलाएका
थिए भने २५ औं मिनेटमा मेस्सीले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए जुन
क्याम्प नुमा गरिएको ४ हजारौं गोल पनि थियो ।
त्यस्तै दोस्रो हाफमा २२ मिनेट बाकीं
हुँदा लिभरपुलबाट यसै ट्रान्सफर विन्डोमा भित्रिएका कौटिन्हो आन्द्रेस
इनिएस्टाको साटो मैदान प्रवेश गरेका थिए । उनले पहिलो खेलमै असिस्ट दर्ता
गर्न सक्थे तर उनको पासमा स्वारेजको प्रहार इस्पानियोलका गोलकिपरले राम्रो
बचाऊ गरे ।