यो रोग इवोला नामको भाइरस हो । यस्तो रोग
लागेको २१ दिनमा मानिसको म ृत्यु हन्छ ।
हाम्रो जस्तो देशमा यो रोग आयो भने ९० प्रतिशत
नेपालीको म ृत्यु हुन्छ । यस्तो खतरनाक रोगबाट
बच्न जनचेतनाका लागि प्रचार प्रसार गरौं ।
इवोला भए के गर्ने?
1 यस्ता रोग रोकथामको पहिलो उपाय के हो भने
सम्बन्धित सबै पक्ष उचित रुपमा शिक्षित र सुसुचित
हुनुपर्छ ।
2 इबोलाको सन्दर्भमा दुई व्यक्तिबीच विभिन्न
रुपमा हुने भौतिक सम्पर्क कम गर्नु, पटक पटक
प्रभावकारी तरिकाले हात धुनु
अनि गुम्सिएको साधनमा यात्रा नगर्नु न्यूनतम
विधि हुन आउँछन्।
3 खास
गरी अस्पतालमा तथा डाक्टरहरुका लागिचाहिं हात
मिलाउनको सट्टा नमस्ते गर्नु वा शिर निहुर्याउनु
वा मुड्की बन्द गरेर हत्केलाको पछिल्लो भाग
ठोक्याउनुले संक्रमणको फैलावट रोक्न
प्रभावकारी भुमिका खेल्छ भनिएको छ।
4 संक्रमण नेपाल
भित्रिइहालेको खण्डमा बाध्यता नभएसम्म
ठूलो जमघटमा नजानु,यात्रा गर्दा हावा खूला आवतजावत
गर्ने बस
वा निजी साधनमा यात्रा गर्नुजस्ता उपायहरु
पनि अपनाउन पर्ने हुन सक्छ।
5 त्यसबाहेक अनावश्यक रुपमा गाडीको सीसा,
अस्पतालका वार्डका भित्ता आदि ठाउँमा नछुनु,
छोइहालेमा तुरुन्त साबुनले हात धोएर स्प्रिटले हात
पुछ्नु अनिवार्य हुन आउँछ।
6 घरमा वा छिमेकमा कोही यो रोगले मर्यो भने
अत्यन्त सावधानीसाथ पञ्जा लगाएर मात्र
लासलाई छुनु अनिवार्य हुन आउँछ किनकि लासबाट
संक्रमण सरेका उदाहरणहरु
अफ्रिकामा फेला परेका छन्।
7 यी सबै जोखिमबाट बच्न सरकारले एकीकृत र
प्रभावकारी रुपमा आम मानिस शिक्षित बनाउनु
जरुरी छ। यीमध्ये कुनै पनि रोग
महामारीको रुपमा फैलिएको अवस्थामा पूरा सावधानीसाथ
तिनबाट बच्ने उपाय अँगाल्नेहरुसमेत रोगबाट
अछुतो नरहने अवस्था आउन सक्छ। त्यसैले
त्यस्तो संक्रमण सकभर नेपालमा आउनै नदिने र
आइहालेमा संगठित प्रयासद्वारा त्यसलाई फैलिन
नदिने कोशिस गरिनुपर्छ।