काठमाडौं,फागुन १३–बुधवार मध्यान्न वीर हस्पिटलको बर्न वार्डमा पुग्दा ‘२१३’ नम्वर बेडमा कपासको सहायताले आँखा पुछ्दै थिइन् सीमा बस्नेत । ‘बेला बेला आँखा पोलिरहन्छ’ उनले बोलेको पहिलो वाक्य मधुरो सुनिन्थ्यो । गएको १० फागुन देखि अस्पातलमा उपचार गराईरहेकी सीमा अझै चर्को स्वरले बोल्न सक्नै भैसकेकी छैनन् ।
कान्तिश्वरी राज्यलक्ष्मी मावि प्याफल काठमाडौंमा विगत चार बर्षदेखि अध्ययनरत सीमा यसपटक शैक्षिक जिन्दगीको आइरन गेट धकेल्ने रेशमा थिइन् । तर त्यसअघि नै उनको जिन्दगीमा कल्पना बाहिरको घट्ना घट्यो त्यसैले त उनी अस्पतालमा छिन् ।
‘हेमुको त थर पनि थाहा छैन तर संगीता र हेमु दुवैसित चिनजान भएको एक हप्ता मात्रै बितेको थियो,’ बेडमा पल्टिरहेकै अवस्थामा सिमाले भनिन् । आफू अध्ययनरत विद्यालय सँगैको ‘ए प्लस’ भन्ने ट्युशन सेन्टरमा ट्युसन पढ्न गएका तीन किशोरी फरक फरक विद्यालयका थिए । ‘म ट्युसन सेन्टर पुग्दा ६ बजेर १० मिनेट गएको हुँदो हो, संगीता र हेमु दुवै आइसकेका थिए,’ उनले भनिन् । अघिल्लो साँझ एकाउण्टको गोश्वारा भौचर बारेको हिसाव मिलाउन नसकेपछि उनले संगीता पुलामीलाई ‘गोश्वारा भौचर’ बारेको हिसाब सिकाईदिन आग्रह गरिन् । ‘म ढोकापट्टि थिएँ, संगिता भित्तापट्टि भएपनि ढोकातिर फर्केकी थिइन्, हेमु छेउमा उभिएर हेरिरहेकी थिईन् । अचानक एउटा मान्छेले भुकम्प आएझैं गरी ढोका उघा¥यो । ढोकाको संघारमा पाइला टेक्ने वित्तीकै उसले हामीलाई अरेन्ज र पिंक कलर मिसीएको एक बोतल एसिडले हान्यो,’ सिमाले भनिन् ।
मावलीतिरका हजुरवा हजुरआमा संग काठमाडौंको भीमसेनस्थान नजिकै बस्दै आएकी सिमाले कान्तिश्वरीमा अध्ययन गर्न थालेको चार बर्ष भयो । जन्मस्थान झापा भए पनि उनका आमा बुवाको अत्तोपत्तो नभएपछि मावलीतिरका हजुरआमा सिता बस्नेतले उनलाई रौतहटको पौराहीमा लगेर हुर्काइन् । पौराहीमा ६ कक्षा पास गरेर काठमाडौं आएकी सिमाका मावली तिरका हजुरवुवा डम्बर बस्नेत न्युरोडको ‘जय मातादी गोल्ड प्यालेस’मा सेक्युरीटी गार्डको काम गर्छन् ।
त्यो दुष्टले अरेन्ज कलरको हुक र त्यहि हुकको टोपी निधार छोप्ने गरी लगाएको थियो, मुखमा माक्स पनि लगाएकाले मान्छे चिन्नै सकिंँन,’ सिमाले भनिन् । केटा साथी भए नभएको बारे पंक्तिकारको जिज्ञासामा उनले भनिन्, ‘४ बर्षभयो काठमाडौं बसेको,अहिलेसम्म कुनै केटाको फोन आएको छैन ।’ आफु अध्ययन गर्ने स्कुलको नौ र दश कक्षामा कोही केटा नपढ्ने उनले बताइन् । ‘अहिले ८ कक्षा सम्म केटा–केटी दुवै पढिरहेका छन्, नौ कक्षामा भने यसै बर्षदेखि अपग्रेड गर्ने कुरा छ,’ उनले भनिन् ।
‘त्यो दुष्टले हानेको चेप्टो आकारको बोतल संगिताको छातिमा लागेर फुट्यो,अनि त्यहि छिर्का मेरो मुहारमा प¥यो’ सिमाले भनिन् । एसिडको असरले कालो पारेको निधारमा सुम्सुम्याउँदै उनले भनिन्, ‘त्यो मान्छेलाई प्रहरीले समातेर ल्याएपनि म चिन्न सक्तिन होला ।’
बसन्तपुर हनुमानढोका आसपास रहेका धेरै ट्युसन सेन्टरमा पुग्दा सबैतिर बेलुका मात्रै पढाई हुने पाएपछि उनी ‘ए प्लस’ मा पुगेकी थिइन् । ‘बिहान पढ्दा दिमागले सजिलै टिप्छ भनेर मैले त्यो ट्युसन सेन्टर रोजेको थिएँ,’ उनले भनिन् । उनी थप्दै थिइन्, ‘म एक महिना मात्र पढ्छु भनेको थिएँ, त्यसबापत ट्युसन सेन्टरले दुईहजार ल्याउनु भनेको थियो ।’
बसन्तपुर हनुमानढोका आसपास रहेका धेरै ट्युसन सेन्टरमा पुग्दा सबैतिर बेलुका मात्रै पढाई हुने पाएपछि उनी ‘ए प्लस’ मा पुगेकी थिइन् । ‘बिहान पढ्दा दिमागले सजिलै टिप्छ भनेर मैले त्यो ट्युसन सेन्टर रोजेको थिएँ,’ उनले भनिन् । उनी थप्दै थिइन्, ‘म एक महिना मात्र पढ्छु भनेको थिएँ, त्यसबापत ट्युसन सेन्टरले दुईहजार ल्याउनु भनेको थियो ।’
विज्ञान र गणित विषयको ट्युसन पढ्नका लागी सो इन्सिटिच्युटले ९ जनाको ग्रुप बनाए पनि त्यसदिन अन्य छ जना किशोरीहरु भने अनुपस्थित रहेको उनले बताइन् । ‘गणीत पढाउने नविन सर कहिले आउने कहिले नआउने गर्नुुहुन्थ्यो, त्यस दिन पनि उहाँले आउँदिन भन्नुभएको थियो तर अरु साथीहरुले थाहा नपाएर दुःख पाउलान् भनेर म गएको थिएँ,’ उनले भनिन् । ‘नविन सरले पाँच बजेनै आएर अरु साथीहरुलाई पनि म नआउने कुरा भन्दिनु भन्नुभएको थियो,’ उनले भनिन् ।
एक महिनापछि एसएलसी दिने तयारीमा रहेकी सीमाले आँखा त्यति राम्रो देख्न नसक्ने बताईन् । अबको दुई सातापछि हस्पिटलबाट घर फर्कन पाए एसएलसी पास गर्न सक्ने आत्मविश्वास लिएकी सीमाले जता लगेर भएपनी आफ्नो उपचार गर्न सरकारी निकायसँग माग गरिन् ।