हामी हाम्रो हड्डीको त्यतिबेलासम्म वास्ता गर्दैनौँ जबसम्म हाम्रो कुनै हड्डी भाच्चिँदैन अथवा बुढेसकालमा केहि रोग लाग्दैन । यहाँ सबैभन्दा महत्वपूर्ण कुरा के छ भने हड्डीको जिन्दगीभर हेरबिचार र पोषण आवश्यक छ ।
कंकाल तन्त्रमा हड्डी, नसा, कार्टिलेज आदि समावेश हुन्छन् । यसले थुप्रै महत्वपूर्ण कार्यहरु गर्ने गर्दछ जस्तै रगतको संरचना बनाइराख्छ, शरिरको हलचल र नयाँ रक्त कोशिकाहरुको निर्माण आदि ।
आउनुहोस् थाहा पाऔँ मानव कंकालको बारेमा ८ रोचक तथ्यः
१. शरिरको आधाभन्दा बढि हड्डी हात र खुट्टामा हुने गर्दछः
शरिरमा हड्डीको विभाजन समान हुँदैन । केहि भागमा अन्य कारणले गर्दा धेरै हड्डी हुने गर्दछ । हातमा २७ र खुट्टामा २६ हड्डी हुने गर्दछ । यसको अर्थ हुन्छ, दुबै हात र खुट्टाको हड्डी मिलाउने हो भने १०६ हड्डी हुने गर्दछ । यसका कारण तपाईंको शरिरको आधाभन्दा धेरै हड्डी हात र खुट्टामा हुने गर्दछ ।

२. हड्डी मानव शरिरको सबैभन्दा ठोस् वस्तु होइनः
मानव शरिरमा सबैभन्दा ठोस् दाँतको इनामेल (दाँतको आवरण) हो । टुथ इनामेलले दाँतको रक्षा गर्ने गर्दछ । क्याल्सियमको उपस्थितीले यो बलियो भएको हो ।

३. हड्डी स्टिलभन्दा बलियो हुन्छः
यदि हामी हड्डीको तौल हुन्छ भन्ने मान्छौँ भने यसको तुलना हामी कुनै बलियो वस्तुसँग गर्नसक्छौँ । हड्डी स्टिलको तुलनामा ६ गुणा बढि बलियो हुने गर्दछ(यदि हड्डी र स्टीललाई समान मात्रामा तौल गरिन्छ भन्ने) ।

४. हड्डी जिवित हुन्छः
हामीमध्ये धेरैले हड्डीलाई मृत कोशिकाको रुपमा लिएका छौँ होला तर जबसम्म हड्डी मानव शरिरमा हुन्छ त्यतिबेलासम्म यो जीवित रहन्छ । हड्डीमा नसा र रक्तकोसिकाहरुको नेटवर्क हुने गर्दछ । यसले क्याल्सियम एक ठाउँमा ल्याउन मद्दत गर्दछ र यसमा जीवित कोसिका हुने गर्दछ ।

५. सानो बच्चामा एक वयस्क मानिसको भन्दा बढि हड्डी हुने गर्दछः
एक वयस्क व्यक्तिको शरिरमा २०६ हड्डी हुने गर्दछ जबकी बच्चाको शरिरमा ३०० वटा हड्डी हुन्छ (किनभने तीमध्ये केहि गलेर जान्छन् भने कुनै एक–आपसमा मिल्ने गर्दछ)
६. शरिरको हड्डीमध्ये खुट्टाको औँलाको हड्डी सबैभन्दा कमजोरः
हाम्रो शरिरको सबैभन्दा कमजोर हड्डी खुट्टाको औँलाको हो त्यसकारण यो कुनै पनि समय भाँच्चिन सक्छ ।
७. हड्डीको सबैभन्दा सामान्य रोग ओस्टियोपोरोसिस होः
अस्टियोपोरोसिस एउटा यस्तो रोग हो जसमा हड्डीको संख्यामा गिरावट आउने गर्दछ र सुन्दा अचम्म लाग्ला यो रोग निकै सामान्य रोग हो । यो रोगको उपचार सम्भव छ र यसलाई सधैँको लागि निर्मुल पनि पार्न सकिन्छ । यहाँ हड्डीको संख्यामा कमीको अर्थ हड्डीलाई बलियो बनाउने क्याल्सियमको कमी हो ।
८. मानिसहरु १,२०,००० वर्षदेखि हड्डीको ट्युमरबाट पीडित छन्ः
तपाईंको हड्डी सक्रिय र जीवित कोशिकाहरुको मिश्रण हो । तपाईंको शरिरमा रहेको अन्य कोशिकाहरुको तुलनामा हड्डीको कोशिकाहरु घातक ट्युमरहरुमा अति संवेदनशील हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मानिसहरु हज्जारौँ वर्षदेखि हड्डीको ट्युमरबाट पीडित छन् । सन् २०१३ मा वैज्ञानिकहरुले हड्डीको ट्युमरको खोजी गरेका थिए जुन १,२०,००० देखि १,३०,००० वर्ष पुरानो हो । यो अहिलेसम्मको सबैभन्दा पुरानो मानव ट्युमर हो । (एजेन्सी)
कंकाल तन्त्रमा हड्डी, नसा, कार्टिलेज आदि समावेश हुन्छन् । यसले थुप्रै महत्वपूर्ण कार्यहरु गर्ने गर्दछ जस्तै रगतको संरचना बनाइराख्छ, शरिरको हलचल र नयाँ रक्त कोशिकाहरुको निर्माण आदि ।
आउनुहोस् थाहा पाऔँ मानव कंकालको बारेमा ८ रोचक तथ्यः

शरिरमा हड्डीको विभाजन समान हुँदैन । केहि भागमा अन्य कारणले गर्दा धेरै हड्डी हुने गर्दछ । हातमा २७ र खुट्टामा २६ हड्डी हुने गर्दछ । यसको अर्थ हुन्छ, दुबै हात र खुट्टाको हड्डी मिलाउने हो भने १०६ हड्डी हुने गर्दछ । यसका कारण तपाईंको शरिरको आधाभन्दा धेरै हड्डी हात र खुट्टामा हुने गर्दछ ।

२. हड्डी मानव शरिरको सबैभन्दा ठोस् वस्तु होइनः
मानव शरिरमा सबैभन्दा ठोस् दाँतको इनामेल (दाँतको आवरण) हो । टुथ इनामेलले दाँतको रक्षा गर्ने गर्दछ । क्याल्सियमको उपस्थितीले यो बलियो भएको हो ।

३. हड्डी स्टिलभन्दा बलियो हुन्छः
यदि हामी हड्डीको तौल हुन्छ भन्ने मान्छौँ भने यसको तुलना हामी कुनै बलियो वस्तुसँग गर्नसक्छौँ । हड्डी स्टिलको तुलनामा ६ गुणा बढि बलियो हुने गर्दछ(यदि हड्डी र स्टीललाई समान मात्रामा तौल गरिन्छ भन्ने) ।

४. हड्डी जिवित हुन्छः
हामीमध्ये धेरैले हड्डीलाई मृत कोशिकाको रुपमा लिएका छौँ होला तर जबसम्म हड्डी मानव शरिरमा हुन्छ त्यतिबेलासम्म यो जीवित रहन्छ । हड्डीमा नसा र रक्तकोसिकाहरुको नेटवर्क हुने गर्दछ । यसले क्याल्सियम एक ठाउँमा ल्याउन मद्दत गर्दछ र यसमा जीवित कोसिका हुने गर्दछ ।

५. सानो बच्चामा एक वयस्क मानिसको भन्दा बढि हड्डी हुने गर्दछः
एक वयस्क व्यक्तिको शरिरमा २०६ हड्डी हुने गर्दछ जबकी बच्चाको शरिरमा ३०० वटा हड्डी हुन्छ (किनभने तीमध्ये केहि गलेर जान्छन् भने कुनै एक–आपसमा मिल्ने गर्दछ)

हाम्रो शरिरको सबैभन्दा कमजोर हड्डी खुट्टाको औँलाको हो त्यसकारण यो कुनै पनि समय भाँच्चिन सक्छ ।

अस्टियोपोरोसिस एउटा यस्तो रोग हो जसमा हड्डीको संख्यामा गिरावट आउने गर्दछ र सुन्दा अचम्म लाग्ला यो रोग निकै सामान्य रोग हो । यो रोगको उपचार सम्भव छ र यसलाई सधैँको लागि निर्मुल पनि पार्न सकिन्छ । यहाँ हड्डीको संख्यामा कमीको अर्थ हड्डीलाई बलियो बनाउने क्याल्सियमको कमी हो ।

तपाईंको हड्डी सक्रिय र जीवित कोशिकाहरुको मिश्रण हो । तपाईंको शरिरमा रहेको अन्य कोशिकाहरुको तुलनामा हड्डीको कोशिकाहरु घातक ट्युमरहरुमा अति संवेदनशील हुने गर्दछ । शोधकर्ताहरुका अनुसार मानिसहरु हज्जारौँ वर्षदेखि हड्डीको ट्युमरबाट पीडित छन् । सन् २०१३ मा वैज्ञानिकहरुले हड्डीको ट्युमरको खोजी गरेका थिए जुन १,२०,००० देखि १,३०,००० वर्ष पुरानो हो । यो अहिलेसम्मको सबैभन्दा पुरानो मानव ट्युमर हो । (एजेन्सी)
1 komentar:
Click here for komentar:D