एक दिवशीय राष्ट्रिय क्रिकेटको उपाधि ओर्मीले जित्यो -


                 काठमाडौँ, चैत ११– त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई हराउँदै पहिलोपटक एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता जितेको छ । कीर्तिपुरस्थित विश्वविद्यालय मैदानमा मंगलबार भएको खेलमा आर्मीले चिरपरिचित प्रतिद्वन्द्वी एपिएफलाई पाँच विकेटको हार चखायो । एपिएफको लगातार फाइनलमा यो दोस्रो पराजय हो । गतवर्ष पनि एपिएफ क्षेत्र नं २ वीरगन्जसँग उपाधि भिडन्तमा पराजित भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफले कारणवश ४५ ओभरमा घटाइएको खेलमा नौ विकेटको क्षतिमा पूरै ओभर खेल्दै १६४ रन बनायो । जवाफी ब्याटिङमा आएको आर्मीले मात्र पाँच विकेटको नोक्सानीमा ४०.५ ओभर खेल्दै लक्ष्य पूरा ग¥यो ‘प्लेयर अफ द म्याच’ घोषित भएका आर्मीका नरेश बुढाएरले अविजित ५३ रन बनाएर फाइनलमा एक मात्र अर्धशतक बनाउने खेलाडी भए भने जीतेन्द्र मुखियाले तीन विकेट लिएपछि एपिएफको इनिङ धर्मरायो । त्यस्तै, कप्तान विनोद भण्डारीले परिपक्व ब्याटिङको नमुना देखाउँदै ४८ रन बनाए, यसले आर्मीको जीतको आधार तयार पा¥यो । राजेश पुलामीले अविजित ३५, अनिल मण्डलले १५, सुनाम गौतमले १० तथा राहुल विश्वकर्माले एक रन जोडेपछि आर्मीको जीत सुनिश्चित भयो । एपिएफलाई सिमित स्कोरमा समेट्न जीतेन्द्रका अलावा अविनाश कर्ण र सागर पुनले दुई÷दुई तथा सोमपाल कामी र राहुलले एक÷एक विकेट हात पारेका थिए । यसअघि, टोली अफ्ठयारो स्थितिमा रहेका बेला क्रिजमा आएका वसन्त रेग्मीले समालिँदै ब्याटिङ गरेर एपिएफलाई सम्मानजनक स्थानसम्म पु¥याएका थिए । दुई विकेट पनि लिएका वसन्तले अविजित ३७ रन बनाए भने प्रदीप ऐरीले ३३ तथा ज्ञानेन्द्र मल्लले २४ रन जोडेका थिए । राष्ट्रियस्तरका स्टार खेलाडीले भरिएको एपिएफका अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन फर्कदा राम्रो स्कोर बन्न सकेन र आर्मीलाई नतिजा सुम्पनुप¥यो । फाइनल खेलका ‘म्यान अफ द म्याच’ले डोर्नियर सर्टिङ एन्ड सुटिङ सेन्टरका तर्फबाट रु तीन हजार बराबरको गिफ्ट ह्याम्पर र ट्रफी प्राप्त गरे । आर्मीका कप्तान विनोद भण्डारीले बलिङ, ब्याटिङका साथै सबै क्षेत्रमा आफ्नो टोलीको उत्कृष्ट प्रदर्शन भएकाले उपाधि सम्भव भएको बताए । एपिएफका कप्तान पारस खड्काले आर्मीका खेलाडीले राम्रो खेलेकाले आफ्नो टोलीको हार भएको बताए । उपाधि विजेता आर्मीले ट्रफीसहित रु दुई लाख हात पा¥यो भने उपविजेतामा सीमित भएको एपिएफले दोस्रो स्थानको ट्रफी र रु एक लाख २५ हजारमा चित्त बुझायो । प्रतियोगितामा एक शतक र तीन अर्धशतकसहित ३८४ रन जोडेका आर्मीका महेश क्षेत्री प्लेयर अफ द टुर्नामेन्ट भए । महेशले ट्रफीसहित रु ३० हजार प्राप्त गरे । त्यस्तै, दुई शतक र एक अर्धशतकसहित २८६ रन बनाएका आर्मीकै अनिल मण्डल बेष्ट व्याट्सम्यान तथा १६ विकेट लिएका क्षेत्र नं ६ बैतडीका कमल ऐरी बेष्ट बलर भए, दुवैले रु २०/२० हजार प्राप्त गरे । - See more at: http://www.ratopati.com/2015/03/25/220327.html#sthash.woiztNM2.dpuf
Previous
Next Post »