७० वटा स्थानीय तहमा मतगणना, प्रतिस्पर्धा तीब्र

आश्विन ३, २०७४-प्रदेश नम्बर दुईका ८ जिल्लाका १३६ वटा स्थानीय तहका लागि सोमबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन आयोगले ७० वटा स्थानीय तहको मतगणना रातिदेखि नै सुरु भएको जनाएको छ ।
बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त विवरणमा उल्लेख छ । राजविराज नगरपालिकाको वडा नं. १५ का राष्ट्रिय जनता पार्टीका वडाध्यक्षका उम्मेदवारको निधन भएकाले उक्त वडामा असोज ५ गते मतदान भएपछिमात्रै राजविराज नगरपालिकाको मतगणना कार्य सुरु हुने छ ।
प्रारम्भिक मतगणनामा कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम तीब्र प्रतिस्पर्धामा छन् । 



Previous
Next Post »