माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि बारागढी गाउँपालिकाको गणना रोकियो

माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यात्ने प्रयास गरेपछि बाराको बारागढी गाउँपालिकाको मतगणना दुई घण्टादेखि रोकिएको छ । आफ्ना प्रतिनिधि बाहिर निस्किएको बेला मतपेटिका खन्याएको भन्दै  माओवादी केन्द्रले विवाद गरेपछि मतगणना रोकिएको थियो । मतगणना सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ । यसैबीच, सर्लाहीको बलरा नगरपालिकामा मतगणना पुन: शुरु भएको छ । अमरेश कुमार सिंह मतगणनास्थल पुगेपछि कांग्रेस र राजपा नेपालका कार्यकर्ताबीच भएको विवादले रोकिएको गणना ३ बजेबाट पुन: सुरु भएको हो । प्रहरीले मतदानस्थल नगरपालिका कार्यालय वरपर जम्मा भएका स्थानीयवासीलाई तितरवितर पारी स्थितिलाई नियन्त्रणमा लिएको थियो । बलरामा आज बिहानदेखि मतगणना सुरु भएको हो । भारतीय सीमावर्ती क्षेत्रमा बलरा संवेदनशील क्षेत्र मानिन्छ ।
Previous
Next Post »