एजेन्सी । अष्ट्रियाको भियनामा संसारकै पहिलो सेक्स विद्यालय खोलिएको छ । विद्यालयले आफ्ना विद्यार्थीलाई असल र राम्रा प्रेमी बन्न सिकाउने दावी गरेको छ । तर, विद्यालयमा भर्ना हुनको लागि विद्यार्थीलाई ठूलो रकम तिर्नुपर्ने हुन्छ ।उक्त विद्यालयमा प्रत्येक वर्ष एक विद्यार्थी बराबर १४०० पाउण्ड अर्थात् १ लाख ७२ हजार ५ सय नेपाली रुपैयाँ तिर्नुपर्ने हुन्छ । स्वीडेनमा जन्मिएकी उक्त सेक्स विद्यालयकी प्रधानाध्यापक यल्वा मारिया थम्पसनका अनुसार १६ वर्षभन्दा ज्यादा उमेरका कुनैपनि विद्यार्थीले त्यहा भर्नाका लागि आवदेन दिन सक्छन् ।

थम्पसन बताउँछिन् कि उनको विद्यालयमा यौन क्रियाको उपयुक्त आसन, प्रेम स्पर्श, शारीरिक विशेषता यि सबै कुराको व्यवहारिक ज्ञान दिइने गरिन्छ । कोर्स सकिएपछि विद्यार्थीलाई प्रमाणपत्र पनि दिइन्छ ।
विद्यालयको प्रधानध्यापक थम्पसन उनको कला प्रदर्शनको लागि प्रख्यात छिन् । उनले एक प्रदर्शनीमा नग्न महिलाको विभिन्न मुद्राको पुत्ला बनाएकी थिइन् । विद्यालय कि प्रवक्ता मेलोडी कर्शले विद्यालय पुरै तरिकाबाट सफल हुने विश्वास रहेको बताइन् ।