कक्षा १२ को रिजल्ट आयो, यसरी हेर्न सकिन्छ


भाद्र १५, २०७४- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको आज बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार ४२.३३ उत्तर्ण भएका छन् । नियमिततर्फ कुल १ लाख ९३ हजार १ सय २५ जनाले परीक्षा दिएकोमा ८१ हजार ७ सय ५८ उत्तीर्ण भएका हुन् । उनका अनुसार ७७ जनाको परीक्षा रद्द भएको छ । 
आंशिक तर्फ १ लाख ७ हजार ५ सय ६९ जनाले परीक्षा दिएकोमा ३८ हजार ४ सय ४४ जना उत्तीर्ण भएका छन् । 
बिहीबार साँझ व्यवस्थापन, मानवीकी र शिक्षा संकायतर्फको परीक्षाफल सार्वजनिक भएको हो ।
यसअघि बोर्डले विज्ञान संकायको नतिजा सार्वजनिक गरिसकेको छ ।
सार्वजनिक नतिजा राष्ट्रिय परीक्षा बोर्डशिक्षा मन्त्रालयशिक्षा विभागसहित अन्य वेबसाइटमा हेर्न सकिने बोर्डले जनाएको छ । 
परीक्षा नियन्त्रण कार्यालयले नेपाल टेलिकका प्रयोगकर्ताले १६०१ मा फोन गरेर नतिजा हेर्न सक्ने व्यवस्था गरेको छ । यस्तै http://www.neb.gov.np/  , 
http://neb.ntc.net.np/

 सहभागि हुन साढे ३ लाख परीक्षार्थीले परिक्षा दिएका थिए । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान संकायको नतिजा भने गत साउन २० गते प्रकाशित गरिसकेको छ ।

Previous
Next Post »