Contributions of late king Mahendra : कुनै स्कुल, कलेज वा विश्वविद्यालय नपढेका राजा महेन्द्र !
१.चौध अञ्चल र पचहत्तर जिल्ला बनाए ।
२.नेपालमा भारतीय पाठ्यपुस्तक प्रतिबंध ।
३.भारतीय मुद्राको चलनमा रोक।
४.भारतीय सेनाको नेपालमा उपस्थिति रोक।
५.जलस्रोतमा भारतीय हस्तक्षेप रोक।
६.पञ्चवर्षीय योजनाको शुरुआत।
७. राष्ट्रबैंक स्थापना।
८.भूमिसुधारको व्यवस्था ।
९. विकेन्द्रीकरणको थालनी।
१०. मोहियानी हक, ०२० साल भाद्र १ गते नयाँ मुलुकी ऐन घोषणा गरी उनले छुवाछुत, जातिभेद र लिंग भेदविरुद्धको नीति अख्तियार गरेका थिए । ०२१ सालमा भूमिसुधार ऐन घोषणा गर्दै उनले जमिन्दारी प्रथा र बिर्ता उन्मूलन गरी जग्गा जोत्ने मोहीहरुको अधिकार सुरक्षित गरे ।
११.सर्वोच्च अदालत स्थापना।
१२.सेना र प्रहरीको आधुनिकीकरण।
१३.नेपाली मंत्री मण्डलको बैठकमा भारतीय प्रतिनिधित्व माथि रोक।
१४.पूर्व-पश्चिम राजमार्ग राजा महेन्द्रको महत्वपूर्ण देन थियो । उक्त राजमार्ग नहुँदासम्म तराईमा एउटा जिल्लाबाट अर्को जिल्ला जानुपर्दा भारतको बाटो प्रयोग गर्नुपथ्र्यो । विदेशी सहयोगमा राजमार्ग निर्माण गरेर यो अवस्था अन्त्य गरे ।
१५.देशी उद्योगधन्दाहरु विकास गरेर भारतीय परनिर्भरतालाई न्यूनीकरण गर्दै गए । वीरगञ्ज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखाना, बाँसवारी जुत्ता कारखाना, सिमेन्ट र कपडा उद्योगहरु, सबै उनकै पालामा स्थापना गराएक हुन्।
१६.अमेरिका, ब्रिटेन र भारतसँग मात्र सीमित नेपालको कूटनीतिक सम्बन्ध बढाएर ५३ राष्ट्रसँग मित्रता स्थापना।