- लीलामणि पौडेल, मुख्यसचिव, नेपाल सरकार
सामाजिक सेवाप्रतिको लगाव–झुकाव मेरो बाल्यकालदेखि नै थियो । जब म सचिवमा बढुवा भएँ, त्यसबेलादेखि नै सामाजिक नीति निर्माणको कुनै काम गर्न पाएहुन्थ्यो भन्ने लागिरहन्थ्यो । त्यसैको खोजीमा कहिले गाउँमा किसानहरूलाई ‘अर्मले खेती’प्रति कसरी प्रोत्साहित गर्ने र युवालाई देशभित्रै कृषिमा टिकाइरहन के गर्न सकिन्छ भनेर गाउँतिर गइयो । त्यसैगरी, सामुदायिक विद्यालयको पढाइस्तर कसरी बढाउने, आइटीको प्रयोग गरेर पो बढाउन सकिन्छ कि भनेर पनि खोज्दै गइयो । खोज्ने क्रममा ‘स्वयंसेवा अभियान’ चलाउनुप¥यो भन्ने लाग्यो । पहिले ‘राष्ट्रिय सेवा विकास’ भन्ने थियो, त्यसले सामाजिक जागरण पैदा गराउन, श्रमलाई सम्मान गर्न राम्रो योगदान पु¥याएको थियो ।
अभियानबारे साथीहरूबीचमा मन्थन भइरहकै थियो । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि स्वयं सेवाको राष्ट्रिय अभियान सम्बन्धमा सल्लाह भयो । उहाँले हाम्रो प्रस्तावलाई सहर्ष अगाडि बढाउन भन्नुभयो । त्यसपछि स्वयं सेवा राष्ट्रिय अभियानको निर्देशिका तयार पारियो । त्यसलाई मन्त्रिपरिषद्ले स्वीकृत ग¥यो ।
अभियानका क्रममा लाग्ने लजेस्टिक खर्च राष्ट्रिय ढुकुटीबाट नगर्ने र त्यसका लागि देश–विदेशमा बस्ने नेपालीसँग चन्दा माग्ने सोच बनाइयो । त्यसैअनुसार मन्त्रिपरिषद्का सदस्यले १० देखि १५ दिनको र कर्मचारीले तीनदेखि पाँच दिनको पारिश्रमिकबापतको रकम अभियानका लागि जम्मा गरियो । राष्ट्रिय योजना आयोगका सचिवको हस्ताक्षरमा खाता चलाउने गरी दुइटा खाता सञ्चालन गरियो ।यसरी यो अभियान चलाउने संस्थागत संरचना केन्द्रदेखि जिल्लासम्म बनाइयो ।
सामाजिक अभियान धेरै हुन सक्छन् । वृक्षरोपण अभियान चलून् । बालश्रम मुक्त गराउने अभियान चलून् । म मुख्यसचिव भए पनि नभए पनि यस्ता सामाजिक अभियान चलिरहन्छन् । कुनै न कुनै रूपमा यो र यस्ता अभियान विभिन्न आरोह–अवरोहका बीच अगाडि बढिरहन्छन् र बढिरहनुपर्छ ।
यस अभियानको लक्षित वर्ग भनेको प्लस टुमा पढ्ने विद्यार्थीलाई बनाइएको थियो । जो अलि बढी आत्मकेन्द्रित छ, आफ्नो स्वार्थ र सुविधाका लागि मात्र काम गर्ने गर्छ । उसलाई त्यहाँभन्दा अलि माथि सामाजिक पुँजी निर्माणमा केही योगदान गर्न प्रेरित गराउने सोच बनाइयो । सेना, प्रहरीसमेत गर्दा यस्तो समुदाय ठूलो छ । सरकारी र गैरसरकारी दुवै निकायलाई परिचालन गर्ने गरी अभियानअन्तर्गत ६–७ क्षेत्र छुट्याइयो । त्यसमध्ये एउटा सरसफाइ पनि थियो । र, यसैअन्तर्गत हरेक गाउँमा पोखरी बनाउने योजना पनि थियो । पोखरी बनाउनका लागि स्वयं सेवाका साथमा बजेटको पनि प्रबन्ध गर्ने योजना बनाइयो ।
यस अभियानबाट चारवटा उद्देश्य हासिल गर्ने परिकल्पना गरिएको थियो । पहिलो, आत्मकेन्द्रित मान्छेलाई थोरै भए पनि समाजमुखी बनाउने । दोस्रो, पढाइ असाध्यै कोरा भयो, त्यसलाई सामाजिक कामसँग जोड्ने । तेस्रो, हाम्रो सामाजिक संरचना जातीय, क्षेत्रीय, भाषिक र आम्दानीका आधारमा विभाजित भयो । सबै वर्ग, जाति, भाषा, क्षेत्रका मानिसलाई टिम स्पिरिटमा काम गराएर सामाजिक भावनाको विकास गराउने । चौथो, युवा विद्यार्थी जसलाई आफ्नो समाज चिनाउने र उसको लगाव, झुकाव, रुचिको क्षेत्र पत्ता लगाउनमा सहयोग पु¥याउने ।
अभियानको उत्तारचढाव
काठमाडौंमा यो अभियान वागमतीबाट सुरु गर्ने योजना बनाइयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा १३ माघ ०६९ तिलगंगाबाट वाग्मती सफाइ अभियान सुरु गरियो । त्यसको भोलिपल्टदेखि यो अभियानको नेतृत्व मैले लिएँ । निजामती कर्मचारी, सार्वजनिक सेवामा काम गर्ने कर्मचारीलाई परिचालन गरेर दोस्रो हप्ता वागमती मात्रै नभएर अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रदेखि सिंहदरबार परिसरसम्म सरसफाइ गरियो ।
तेस्रो हप्ता, प्रत्येक वडामा सरसफाइ गरियो । माक्स र पन्जा काठमाडौं महानगरपालिकाले गर्ने मिलाइएको थियो । तर, माक्स र पन्जा सप्लाईमा भ्रष्टाचार भएको भनेर उजुरी प¥यो । यही बेला सरकार परिवर्तनको पनि प्रक्रिया अगाडि बढ्यो, परिवर्तन पनि भयो । सरसफाइ अभियानलाई कहीँ न कहीँ निरन्तरता दिन पाए हुन्थ्यो भन्ने ममा तीव्र इच्छा थियो । अवसरको खोजी र पर्खाइमा थिएँ । त्यही क्रममा केही गैरसरकारी संस्थाका साथीहरू एक दिन मेरो कार्यकक्षमा आएर भने, ‘हामी सफाइ अभियान अगाडि बढाउँछौँ, तपाईंले साथ दिनुप¥यो ।’ त्यसपछि सरकारी निकायका साथीहरूलाई बोलाएँ ।
यो अभियान हामीले सुरु गरेको हो र यसको नेतृत्व पनि हामीले नै लिनु पर्छ भन्ने कुरा राखेँ । धेरैपटक बैठकबसेपछि सहरी विकास मन्त्रालयको सरसफाइसँग सम्बन्धित काम पनि थियो । अभियानमा वागमती सभ्यता एकीकृत विकास कोष र काठमाडौंको महानगरपालिकाको संलग्नता जरुरी थियो । सहरी विकास मन्त्रालयको स्थापना दिवसको अवसर पारेर अभियान थालियो, ५ जेठ ०७० मा । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको प्रमुख आतिथ्यमा एक समारोह गरी अभियान सुरु गरियो ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा १३ माघ ०६९ तिलगंगाबाट वाग्मती सफाइ अभियान सुरु गरियो । त्यसको भोलिपल्टदेखि यो अभियानको नेतृत्व मैले लिएँ ।
अभियानका क्रममा धेरै आलोचना, दुःखकष्ट पनि भोगियो । तर, त्यसको प्रवाह नगरीकन निरन्तर अभियानमा जुट्यौँ । यसबीचमा करिब तीन लाख मानिस सहभागी भए । सुरुमा सस्तो लोकप्रियताका लागि काम गरेको आरोप लगाउँथे, कतिले यसरी हुँदैन भन्थे । मेरै घरपरिवारलाई कन्भिन्स गर्न हप्तौँ दिन लाग्यो । मेरो छोरा इन्जिनियर हो, उसले पनि यसरी हुँदैन भन्थ्यो । त्यसका बाबजुद हामी अभियानमा जुटिरह्यौँ । कामको नतिजा आउन त अवश्य पनि समय लाग्छ ।
सफाइ अभियानको सुन्दर पक्ष
यस अभियानको सुन्दर पक्ष यो हो, यसमा कुनै समिति छैन । यसको लेटरप्याड, खाता केही छैन । यसकारण, यो विशुद्ध स्वयंसेवी अभियान हो । पहिलो, कसैले वागमती अभियानमा म के गर्न सक्छु भन्नुहुन्छ भने वागमतीको नदी किनारमा आएर फोहोर टिप्न सक्नुहुन्छ । दोस्रो, सफाइका लागि केही सामग्री चाहिन्छ— डोको, पन्जा, बुट आदि । ती सामग्री कसैले दिन्छ भने हामी त्यो सहर्ष लिन्छौँ ।
तेस्रो, केही संघ–संस्थालाई वागमती किनारमा बगैँचा लगाउन अनुरोध गरेका छौँ । दुई दर्जनजति बगैँचा बन्दै छन्, कतिपय बनिसकेका पनि छन् । अहिले दुर्गन्धित वागमतीको किनारमा बगैँचा बनेपछि मान्छेहरू टहल्नेसम्म भएको छ । चौथो, ढल बिच्छ्याउने काम सँगसँगै सहायक नदीहरूमा ढलको व्यवस्था थिएन । हाम्रै पहलमा त्यो काम अगाडि बढिरहेको छ । धोबीखोलामा धमाधम काम भइरहेको छ । विष्णुमतीमा पनि यो वर्ष नै काम सुरु हुन्छ । बाँकी नदीहरूमा पनि आउने वर्षदेखि काम हुन्छ । पाँचौँ, ढल मात्र होइन, त्यसको प्रशोधन प्रणालीको पनि स्थापना हुन्छ ।
अहिले भइरहेको ढल प्रशोधन केन्द्र पूर्णक्षमतामा चलेको थिएन । आज–भोलिदेखि नै त्यो पूर्ण क्षमतामा चल्दै छ । छैटौँ, हामी विभिन्न प्रविधिको खोजीमा पनि छौँ । घरमा निस्कने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्याउने अभियानमा पनि हामी लागेका छौँ । कुहिने फोहोरबाट ग्यास निकाल्न सकिन्छ, मल बनाउन सकिन्छ । नकुहिने फोहोरहरूबाट पनि विभिन्न खाले ऊर्जा उत्पादन गर्न सकिन्छ ।
विभिन्न मान्छेले त्यस्ता फोहोर वस्तुहरू प्रशोधन गरेर लाभ लिइरहेका पनि छन् । अहिले सरकारी तबरबाट फोहोर प्रशोधनका लागि लगानी बोर्डले तीनवटा कम्पनीसँग विस्तृत परियोजना प्रतिवेदन तयार पारिरहेको छ । त्यो तयार भएपछि काठमाडौंको फोहोरबाट ऊर्जा, मल निकाल्ने र फोहोर व्यवस्थापनमा अहिले भइरहेको खर्च कटौती गरी आम्दानी हुने सम्भावना पनि छ । यीलगायत थुप्रै काम, जुन कतिपय सरकारी निकायले गर्नुपर्नेछ, त्यसलाई घचघच्याउने । समन्वय गर्ने । सहयोग गर्ने काम पनि गरिरहेका छौँ ।
स्वयंसेवी अभियानको प्रमुख काम भनेको वागमतीको गर्भमै रहेको सबभन्दा दुषित, दुर्गन्धित फोहोरलाई निकालेर बाहिर पठाउने हो । अहिलेसम्म वागमतीको ८० प्रतिशत जति फोहोर निकालिसकिएको छ । वागमतीको पानीको गुणस्तरमा पनि केही सुधार भएको छ । बिस्तारै यही क्रममा सुधार हुँदै जान्छ । यसलाई दिगो बनाउन हामीले पाँचवटा सामुदायिक संस्थासँग सरकारी निकायलाई जोडेका छौँ । वागमती किनारमा रहेका सामुदायिक संस्था, समुदाय र सरकारी निकायबीचमा सम्झौता भएको छ । वागमतीको निश्चित दूरी त्यही समुदायले सफा राख्ने, फोहोर गर्नेलाई दण्डित गराउने, यसरी दण्डित गराएको आधा पैसा त्यही समुदायले राख्ने गरी यसरी संघ–संस्थालाई जिम्मा लगाइएको छ ।
अभियानको प्रभाव, सम्भावना र भविष्य
सार्वजनिक स्थलमा फोहोर नगर्न मानिसमा चेतना आउन आवश्यक छ । फोहोरबाट रोग उब्जन्छ । मान्छे रोगी भएपछि उपचारमा लाग्ने खर्च सम्बन्धित परिवार र राज्यको पनि दायित्व बन्न जान्छ, यसबारे आममनिसलाई बुझाउन आवश्यक छ । रोग निवारणका लागि लाग्ने खर्च, उत्पादनशील श्रममा हुने नोक्सानीको चित्र भयावह छ । त्यसैले सार्वजनिक स्थल, नदीनाला सफा ग¥यौँ, रोगबाट बच्यौँ भने, व्यक्ति र राज्यको अर्बौं रकम जोगिन सक्छ । त्यसले पर्यटन प्रवद्र्धनलाई पनि सहयोग पु¥याउँछ । सम्पदाको संरक्षण भएपछि पर्यटनको प्रवद्र्धन हुन्छ । त्यसबाट नयाँ आय–आर्जनका अवसर पनि उत्पन्न हुन्छन् । फोहोरमाथि बस्ने फोहोरी, असभ्य भनेर हामीमाथि लाग्ने गरेको आरोपबाट पनि हामी मुक्त हुन्छौँ । गर्वका साथ हामी सभ्य नागरिक हौँ भन्ने अवस्था बन्छ ।
अभियानको प्रभाव, सम्भावना र भविष्य
सार्वजनिक स्थलमा फोहोर नगर्न मानिसमा चेतना आउन आवश्यक छ । फोहोरबाट रोग उब्जन्छ । मान्छे रोगी भएपछि उपचारमा लाग्ने खर्च सम्बन्धित परिवार र राज्यको पनि दायित्व बन्न जान्छ, यसबारे आममनिसलाई बुझाउन आवश्यक छ । रोग निवारणका लागि लाग्ने खर्च, उत्पादनशील श्रममा हुने नोक्सानीको चित्र भयावह छ । त्यसैले सार्वजनिक स्थल, नदीनाला सफा ग¥यौँ, रोगबाट बच्यौँ भने, व्यक्ति र राज्यको अर्बौं रकम जोगिन सक्छ । त्यसले पर्यटन प्रवद्र्धनलाई पनि सहयोग पु¥याउँछ । सम्पदाको संरक्षण भएपछि पर्यटनको प्रवद्र्धन हुन्छ । त्यसबाट नयाँ आय–आर्जनका अवसर पनि उत्पन्न हुन्छन् । फोहोरमाथि बस्ने फोहोरी, असभ्य भनेर हामीमाथि लाग्ने गरेको आरोपबाट पनि हामी मुक्त हुन्छौँ । गर्वका साथ हामी सभ्य नागरिक हौँ भन्ने अवस्था बन्छ ।
नदीनाला मात्रै होइन, मान्छेको आचार–व्यवहार, आनिबानी सुधार्नेदेखि फोहोरको व्यवस्थापन घरभित्रै गर्ने, आफूले व्यवस्थापन गर्न नसक्ने फोहोर राज्यका निकायलाई व्यवस्थापनका लागि जिम्मेवार र जवाफदेही बनाउन प्रेरित गर्ने काम हरेक नागरिकले गर्न जरुरी छ ।
यो हाम्रो राष्ट्रिय अभियान हो । धेरै राजदूत आफैँ आएर पनि वागमती सफाइ अभियानमा सहभागी हुनुभएको छ । उहाँहरू हामीले बोलाएर आउनुभएको होइन, उहाँहरू आफैँ रुचि राखेर आउनुभएको हो । तर, नेपालीले नेपालका लागि नेपालीबाट सञ्चालित अभियान हो यो । हामीले हाम्रो काम आफैँ गर्न सक्छौँ । त्यसका लागि त्याग, धैर्यता, समर्पण र इमानदारिता चाहिन्छ । यो अभियानमार्फत हामी यो सन्देश दिन सफल भएका छौँ । सय हप्तामा म सफाइबाहेक अरू कुनै पनि काममा सहभागी भएको छैन । वागमतीमै आउन नसके पनि म जहाँ छु, त्यही सफाइ अभियानमा सहभागी भएँ ।
मान्छेमा स्वयंसेवी भावना जगाइदिएर नेपालभरि स्वयंसेवाका क्रियाकलाप नदीनाला मात्रै होइन, पोखरीसफा गर्ने, साक्षरता अभियान चलोस्, बोक्सी, दाइजो प्रथाविरुद्ध अभियान चलोस् भन्ने हो । सामाजिक अभियान धेरै हुन सक्छन् । वृक्षरोपण अभियान चलून् । बालश्रम मुक्त गराउने अभियान चलून् । म मुख्यसचिव भए पनि नभए पनि यस्ता सामाजिक अभियान चलिरहन्छन् । कुनै न कुनै रूपमा यो र यस्ता अभियान विभिन्न आरोह–अवरोहका बीच अगाडि बढिरहन्छन् र बढिरहनुपर्छ ।