काठमाडौं, वैशाख १४–शनिबार गएको महाभूकम्पको केन्द्रबिन्दु मानिएको नजिक रहेको गोरखाको लाप्राकको गुरुङ गाउँ तहसनहस भएको छ । सो गाउँ पूर्ण रुपले ध्वस्त छ र अहिलेसम्म उद्धारको कुनैपनि प्रयास भएको छैन् ।
स्थानीय सन्त बहादुर गुरुङकाअनुसार भूकम्पले पहाडलाईसमेत क्षतविक्षत बनाएको छ ।
यसैगरी गोरखाको बुंकोट गाविसका सम्पूर्ण घरहरु ध्वस्त भएका छन् ।
गोरखाको उत्तरी उच्च पहाडी भेगमा जताजतै यस्तै विनाश देख्न सकिन्छ । त्यहाँ सडकमार्गहरु छैन् । यसैबीच एमाओवादी नेता डा. बाबुराम भट्टराईले भूकम्पबाट तहसनहस भएको लाप्राक गुरुङ गाउँमा तत्काल साना हेलिकप्टर, अन्य उद्धार साधन र विधि तत्काल अपनाउन सरकारसँग माग गरेका छन् ।