पुस २५, २०७२- बन्दहडतालले अन्यौल बनेको गरुडा स्थित श्रीराम सुगरमिल शुक्रबारदेखि सञ्चालनमा आएको छ । मिलले पुर्जि दिए लगत्तै किसान उखु काटेर धमाधम मिलमा लैजान जुटेका छन् ।
मंसिरको दोस्रो साताबाटै उखु क्रसिङ सुरु गर्ने मिल पुस महिनाको अन्तिम सातादेखि सञ्चालनमा आएको छ ।
तराई मधेसमा जारी बन्दहड्ताल र भारतीय नाकाबन्दीका कारण उद्योग सञ्चालनमा आउन सकेको थिएन् । उखु उत्पादक संघ र किसानको चर्को दवाव पछि मिल संचालनमा आएको हो । संघका अध्यक्ष अशोक यादवले बन्द हडतालले किसानलाई ठुलो नोक्सानी परेको बताए । मिलमा विहिबार १ सय ५० वटा टायर र २० वटा ट्याक्टरमा किसानले उखु ल्याईसकेका छन् । ट्रकमा भने मोर्चाको आधिकारी निर्णय पछि मात्र ढुवानी गर्ने मिल प्रशासनले जनाएको छ ।

आन्दोलन र नाकावन्दीले उद्योगको उपकरणहरु मर्मत गर्न ढिलाइ भएको मिलका प्रशासकीय प्रबन्धक जयमंगलप्रसाद यादवले बताए । उनले भने, 'मिल सञ्चालनको तयारी भए पनि उखु ढुवानीका लागि यातायत निर्वाध रुपमा चलाउन नसक्ने अवस्थाले समस्या देखिएको हो ।' मोर्चाका नेता अनिल सिंहले उखु लोड भएको सबारी चल्न दिने मौखिक रुपमा भनिएको बताए ।
श्रीराम सुगर मिलले विगतकै करिब ९० करोड रुपैयाँ किसानलाई भुक्तानी गर्न बाँकी छ ।